चन्द्रागिरिमा कार दुर्घटना : बालरोग विशेषज्ञ डा. गौतम सहित ५ जनाको मृत्यु

काठमाडौँ, २८ पुस । थानकोट–चित्लाङ सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका -४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउसो भएको कार दुर्घटनामा बालरोग विशेषज्ञ डा. महेशकुमार गौतम सहित पाँच जनाको मृत्यु भएको छ ।
दिउसो १:५५ बजे भएको दुर्घटनामा बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी चलाएका डा गौतम सहित उनका दुई छोरा छोरी, सासु ससुराको ज्यान मृत्यु भएको हो । श्रीमती डा. श्रृष्टी तिवारी गौतम भने दुर्घटना अघि नै हामफालेका कारण सकुशल छन् ।
प्रहरीका अनुसार दुर्घटनामा काठमाडौँ महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, ३८ बर्षीय डा. महेशकुमार गौतम, उनका ४ बर्षका छोरा प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो ।
डा. गौतमको ६ बर्षीया छोरी स्मारिकाको भने बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञको रूपमा कार्यरत डा गौतम हाल लाजिम्पाटस्थित नेशनल आस्थ्मा एलर्जी केन्द्र लाजिम्पाट निर्देशकको रूपमा कार्यरत रहेको बताइएको छ। डा. सृष्टि क्यान्सर रोग विशेषज्ञ हुन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 





बिडम्बना लाइसेन्स दिने निकायले दक्ष चालक लाइ भन्दा आफन्त आसेपासे हरु र नोट का बिटा दिने लाइ प्राथमिकतामा राख्दा को नतिजा हो यो जे भयो यो दु:खद घटना हो
बाटो को दोष चाही छैन हो??
Dukhad ghatana , Sadak ko dura awastha ko mukhaya karan huna Sakha
सरकार सडक कर लिन्छ । बाटो जताततै
ज्यानमारा छ । कस्तो दुखद समाचार !