काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज फ्याकल्टी काउन्सिलको अध्यक्षमा डा. सुबिन्द्र कार्की

2.2k
Shares

काठमाडौँ, २७ पुस । काठमाडौ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज फ्याकल्टी काउन्सिलको अध्यक्षमा डा. सुबिन्द्र कार्की चुनिएका छन् । गत बुधबार सम्पन्न काउन्सिलको तेस्रो साधारण सभाले डा. कार्कीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा प्राडा ज्योति मानन्धर श्रेष्ठ, सचिवमा मुकेशकुमार झा, सहसचिवमा डा. राजेन्द्र ताम्राकार, कोषाध्यक्षमा डा. मनिषा सिंह र सह कोषाध्यक्षमा डा. विनोद ढकाल चुनिएका छन् ।

यस्तै सदस्यहरुमा डा. आशिष ढकाल, डा. पंकजकुमार सिंह, डा. जगदीश थापा, डा. सञ्जय हुमागाईँ, डा. सरोज थापा, डा. समिर शाक्य, डा. विभुषण श्रेष्ठ र डा. सविक कायस्थ छन् ।

यसैगरी गोविन्दमणि नेपाल, लक्ष्मीमैया प्रजापति, डा. जगदीश चटौत, डा. भोजराज अधिकारी, डा. सीमान्त काफ्ले, विवेक कोजु, डा. विनय श्रेष्ठ र डा. यज्ञरत्न शाक्य पनि सदस्यमा चुनिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *