स्वास्थ्य सेवा विभागका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेर

1.2k
Shares

काठमाडौँ, २६ पुस । स्वास्थ्य सेवा विभागले आफ्ना सात जना बरिष्ठ अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बुधबार विभागकी महानिर्देशक डा संगिता मिश्राले सात जना आफना कर्मचारीको जिम्मेवारी हेरफेर गरेकी हुन् । विभागका सूचना अधिकारी भवनाथ खतिवडाका अनुसार स्वास्थ्य मन्त्रालयबाट विभाग पठाइएर पनि लामो समय जिम्मेवारी विहीन बनेका डा. गुणनिधी शर्मालाई जिम्मेवारी दिइएको छ ।

उनलाई विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) अन्तरगतको महामारी व्यवस्थापन शाखाको जिम्मेवारी दिइएको छ ।

यस्तै विभागको उपचारात्मक महाशाखाकी डा. पोमावती थापालाई इडिसिडीको नसर्ने रोग तथा मानसिक शाखा प्रमुख बनाएर लगिएको छ । त्यहाँ रहेका डा फणिन्द्र बराललाई उपचारात्मक महाशाखामा लगिएको छ ।

त्यसैगरी परिवार कल्याण महाशाखाकी कविता अर्याललाई नर्सिङ महाशाखामा लगिएको छ । उनको ठाउँमा नर्सिङ महाशाखाकी शर्मिला दाहाललाई ल्याइएको छ ।

यसैगरी अनु शाक्यलाई व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ । उनी यसअघि इडिसिडीको सर्विलेन्समा शाखामा कार्यरत थिइन् । यस्तै सागर दाहाललाई इडिसिडीको सर्भिलेन्स शाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *