पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना

32
Shares

काठमाडौँ, २४ पुस । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना गरेको हो।

आजबाट सञ्चालनमा आएको सो स्तनपान कक्षको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले उद्घाटन गरिन् । उनले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था मिलाएकोमा पशुपति क्षेत्र विकास कोषको सराहना गरिन्।

स्तनपान कक्ष देशभित्र तथा बाह्य मुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताइन्।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपानकक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत स्थानमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखे शिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएको उल्लेख गरिन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *