फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण

316
Shares

काठमाडौँ, २३ पुस । नेपाल फार्मेसी परिषद्ले गत शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन् ।

परीषद्का अनुसार परीक्षामा १ हजार ५०५ जनाले सहभागिता जनाएका थिए । ती मध्ये ८३१ जना (५५.३१ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

परिषद्ले सधै जस्तै यो परीक्षा पनि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानलाई परीक्षा केन्द्र तोकि सञ्चालन गरेको थियो ।

परिषद्ले लिएको यो २४ औँ नाम दर्ता परीक्षा हो ।

फार्मेसी सहायकको गत भदौमा लिइएको २३ औँ नाम दर्ता परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका थिए । त्यसको तुलनामा यसपटक नतिजामा सामान्य सुधार देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *