मोहन बैद्य अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ, १६ पुस । क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरण अस्वस्थ भएका छन् । गत शनिबार साँझ देखि उनको त्रिवि शिक्षण अस्पताल उपचार भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालका बरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमले बैद्यलाई दमको समस्या भएको बताए । ७८ वर्षीय बैद्य लामो समय देखि दमको समस्यामा छन् । यसपटक पनि दम बढेपछि अस्पताल लगिएको हो ।
‘दम बढेर ल्याउनु भएको हो । अहिले अक्सिजन सपोर्टमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्यउन्मुख हुँदै गएको छ,’ डा. बमले भने ।
बैद्यको उपचार अस्पतालको एकेक्स २ मा भइरहेको छ ।
परिवार स्रोतले पनि स्वास्थ्य अवस्था सामान्य हुँदै गईरहेको बतायो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

