स्वास्थ्य बीमा बोर्डद्धारा ‘प्रेषण सेवा सम्बन्धी कार्यविधि – २०८०’ स्वीकृत, के छ नयाँ कार्यविधिमा ?

काठमाडौँ, १३ पुस । स्वास्थ्य बीमा बोर्डले बीमीतहरुको प्रेषण सेवालाई व्यवस्थित र विवेक सम्वत बनाउनका लागि भन्दै तयार गरेको त्यससम्वन्धी नयाँ कार्यविधि स्वीकृत गरेको छ । बोर्डको आज (शुक्रबार) बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्वन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ ।
बोर्डका सूचना अधिकारी ओमकुमारी कंडेलका अनुसार नयाँ कार्यविधि अनुसारअब बीमित सेवाग्राहीलाई प्रेषण गर्दा सेवा उपलव्ध भएको सबै न्दा नजिकको संस्थामा गर्नुपर्ने छ । यस्तै एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुन जाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।
यस्तै आकस्मिक सेवाका लागि प्रेषण पुर्जीको आवश्यक नपर्ने नयाँ कार्यविधिमा उल्लेख छ ।
यसैगरी सेवाग्राहीलाई प्रेषण गर्दा त्यस ठाउँमा सेवाको उपलव्ध भएको सुनिश्चित गर्नु पर्नेछ ।
यस्तै स्वास्थ्य बीमा नियमावली २०७५ को नियम (२० (२) संग सम्वन्धित अनुसूची ९ बमोजिमको प्रेषण पूर्जा अनुसारको विववरण भरी पेश गर्नु पर्नेछ ।
यसैगरी सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा उपलव्ध सेवाको व्यक्ति विशेषको मागको आधारमा रिफरल अन रिक्वेष्टलाई बीमा व्यवस्थापन सूचना प्रणालीबाट अस्विकृत गर्ने र सो बापतको भूक्तानी समेत नहुने स्पष्ट पारिएको छ ।
राउटेको निशुल्क बीमाका लागि प्रक्रिया अघि बढाइयो
यसैबीच बैठकले ऐनले तोकेको लक्षित बर्ग बाहेक थप पहिलो चरणमा लोपोन्मुख राउटे जातीलाई सरकारले योगदान रकम व्यहोर्ने गरी कार्यक्रममा आवद्धता गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



