गंगालाल अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा.रवि मल्ललाई

376
Shares

 


काठमाडौँ, ११ पुस । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. रवि मल्लले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. मल्ललाई  निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघि गत पुस ६ मा कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा.अधिकारीको कार्यकाल सकिएपछि नयाँ निमित्त निर्देशकको जिम्मेवारी डा. मल्ललाई दिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *