डा. विन्ज्वाला श्रेष्ठको नेतृत्वमा प्रजातान्त्रिक जनस्वास्थ्य संघमा आयो नयाँ कार्यसमिति

काठमाडौँ, ११ पुस । प्रजातान्त्रिक जनस्वास्थ्य संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ। काठमाडौंमा मंगलबार (हिजो) भएको तेस्रो अधिवेशनले डा. विन्ज्वाला श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो।
महाधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा नरेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै तीन उपाध्यक्षहरुमा बृजकुमार दास, दयाकृष्ण पन्त र तुलसी सुवेदी निर्वाचित भएका छन्।
यस्तै महासचिवमा पदमा विनोद जोशी, उपमहासचिवमा श्रीकृष्ण बस्नेत, सचिवमा निराजन पोखरेल, कोषाध्यक्षमा रागीश्री कक्षपती र सह कोषाध्यक्षमा रणधीरकुमार यादव निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा डा प्रकाश ज्ञवाली, प्रकाश कुमार विष्ट, धरजंग शाह र इन्द्र आचार्य निर्वाचित भएका छन् । यस्तै समावेशी सदस्यहरुमा महिलाबाट शिला शर्मा, मधेशीबाट जित नारायण यादव तथा जनजातीबाट किरण श्रेष्ठ निर्वाचित भएका छन्।
यसअघि संघको अध्यक्षमा महेश्वर श्रेष्ठ रहेका थिए।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




Congratulation Dr.Binjwalaji. All the best