शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५०० शैय्यामा बिस्तार गरिने

काठमाडौँ, १० पुस । सरकारले भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रलाई पाँच सय शैय्यामा विस्तार गर्ने प्रक्रिया अगाडि बढाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको एक वर्षको उपलब्धि सुनाउने क्रममा केन्द्रलाई विस्तार गर्न लागिएको जानकारी दिएका हुन्।
‘मानव अंग प्रत्यारोपण केन्द्रलाई पाँच सय शय्याको अत्याधुनिक अस्पतालको रुपमा विकास गर्न सरकारले प्रक्रिया अगाडि बढाइसकेको छु’ प्रधानमन्त्री दाहालले भने।
गत वर्ष केन्द्रलाई प्रतिष्ठान बनाउने बताइएको थियो। तर उक्त काम अगाडि बढ्न सकेको थिएन।
भक्तपुर अस्पतालको स्वामित्वमा रहेको भवनबाट सेवा दिइरहेको केन्द्रले लामो समय देखि आफ्नै भवनबाट सेवा दिनका लागि जग्गाको व्यवस्था गर्न सरकारसंग माग गर्दै आएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




