प्रदेश सचिव खड्का स्वास्थ्यकै जिम्मेवारीमा फर्किए

248
Shares

काठमाडौँ, २९ मंसिर । १२ मंसिरको स्वास्थ्य सचिव सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशलाई अन्तरिम आदेश जारी गरेपछि बद्रीबहादुर खड्का पुरानै जिम्मेवारीमा फर्केका छन् ।

उनी शुक्रबार सर्बोच्चको पत्र सहित स्वास्थ्य मन्त्रालय पुगेर पूर्ववत रुपमा स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका हुन् ।

‘स्वास्थ्य मन्त्रालयमा आज हाजिर भएँ र पूर्ववत रुपमा जिम्मेवारी सम्हालेँ,’ खड्काले भने ।

खड्का स्वास्थ्य सचिवको जिम्मेवारीमा फर्किएपछि यसअघि सचिव रहेका दीपकप्रसाद तिवारीले आफू कहाँ जाने भन्ने विषयमा टुंगो नलागेको बताए ।

‘पहिला स्वास्थ्यमा निमित्त भएर आउँदा दशौँ थिएँ । २० मंसिरमा ११ औँ तहमा बढुवा भएपछि सचिवको पूर्ण अधिकार पाएको थिएँ । अहिले अदालतबाट बद्री सर आएपछि मैले त ठाउँ छाडिदिनै परयो । मलाई नयाँ जिम्मेवारी दिने विषयमा फेरी मन्त्रिपरिषद्ले निर्णय गर्नु पर्छ होला,’ उनले भने ।

अहिले प्रदेश स्वास्थ्य निर्देशनालयमा सागरकुमार घिमिरेले निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

गत १२ मंसिरको मन्त्रिपरिषद् बैठकले खड्कालाई स्वास्थ्यबाट हटाएर मुख्यमन्त्री कार्यालय तानेको थियो । स्वास्थ्यमा भने दशौँ तहका तिवारीलाई निमित्त सचिव बनाएर पठाएको थियो । सो निर्णयविरुद्ध खड्का १९ मंसिरमा सर्बोच्च गए ।

सोही रिटको हिजो प्रारम्भिक सुनुवाई गर्दै सरुवा सम्वन्धी निर्णयविरुद्ध अन्तरिम आदेश दिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *