डा. सन्दुक रुइत सम्मानित

144
Shares

 

काठमाडौँ, २९ मंसिर । काठमाडौँ महानगरपालिकाले  डा. सन्दुक रुइतललाई सम्मान गरेको छ।

महानगरपालिकाले शुक्रबार  २९ औं स्थापना दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइतललाई  सम्मान गरेको हो।

कार्यक्रममा महानगरपालिकाले समाजमा महत्वपुर्ण योगदान गर्नेहरुलाई कदरस्वरूप सम्मानसमेत गरेको छ ।

महानगरले नेपाल भाषाका गद्य, पद्य, गीतलगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई पनि महानगरपालिले सम्मान गरेको छ।

यस्तै अभिनेत्री मनिसा कोइराला, एआईजी मिरा चौधरी, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केट बलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापित सम्मानित भएका छन्। महानगरले उनीहरूलाई जनही १ लाख ५० हजार नगदसहित सम्मान गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *