सर्बोच्चद्धारा डा सन्तोषलाई वीरको निर्देशकबाट हटाउनुको कारण माग
अन्तरिम आदेशका बिषयमा निर्णय लिनु अघि छलफलका लागि बोलाइयो

काठमाडौँ, २८ मंसिर । सर्वोच्च अदालतले सरकारसंग वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउनुको कारण माग गरेको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो माग गरेको हो। साथै सर्वोच्चले अन्तरिम आदेशका लागि विपक्षीलाई छलफलमा बोलाएको छ।
वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
स्वास्थ्यमन्त्री बस्नेतले गत १४ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए।
डा पौडेलले सो निर्णयको विरुद्ध गत १८ मंसिरमा सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । उनले स्वास्थ्य मन्त्री बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीरका निमित्त निर्देशक डा श्रवणकुमार थापालाई विपक्षी बनाई रिट हालेका थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



