बागमतीको स्वास्थ्य सचिवबाट खड्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न सबोच्चले दियो अन्तरिम आदेश

444
Shares

काठमाडौँ, २८ मंसिर । सर्बोच्च अदालतले बागमती प्रदेशको स्वास्थ्य सचिवबाट हटाउने निर्णय कार्यान्वयन नगर्न बागमती प्रदेशका नाममा अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्बोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले जिम्मेवारीबाट हटाउने निर्णयमाथि कारण देखाउ आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न समेत अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि १२ मंसिरमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाई १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो । सो निर्णय विरुद्ध खड्का १९ मंसिरमा सर्बोच्च गएका थिए ।

त्यसो त २० मंसिरमा तिवारी ११ आँै तहमा बढुवा भएका थिए । सोही दिन मन्त्रिपरिषद्ले उनलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिएको थियो ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *