त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…
काठमाडौँ, १७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । विमानस्थल स्रोतका अनुसार विमानस्थलमा उनको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएर आगो लागेको हो ।
उनी बोर्डिङ पास लिएर विमान चढ्नको लागि प्रतिक्षालयमा बसिरहेका थिए । सोही बेलामा ब्याग भित्र रहेको पावर बैंक पड्किएर आगो लागेको हो । एक महिलाको हेण्ड ब्यागमा आईप्याडमा जोडिएको पावर बैंक सर्ट भएको बताइएको छ ।
उनी बिहान साढे ११ बजेको उडानमार्फत चीन जान लागेका थिए । ती महिला पुर्णरूपमा सुरक्षित रहेको प्रहरीले बताएको छ । आईप्याडको अवस्था चेकजाँच गराएर सुरक्षित देखिएपछि उनलाई छाडिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]