आज भाइटीका, उत्तम साइत विहान १० : ५१ बजे

काठमाडौँ, २९ कात्तिक । तिहारको मुख्य दिन अर्थात भाइटीका आज । दाजुभाई दिदी बहिनीले एक अर्कालाई टिका लगाएर यो पर्व मनाईदै छ । यस दिन दाजुभाइ-दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने चलन रहेको छ ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाउने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

