नेपालमा डेंगी संक्रमितको संख्या ४४ हजार नाघ्यो

काठमाडौँ, २० कात्तिक । पछिल्लो समय नेपालमा डेंगी संक्रमितको सङ्ख्या ४४ हजार नाघेको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार संक्रमितको सङ्ख्या हालसम्म ७६ जिल्लाका ४४ हजार ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २० जना डेंगी सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको छ ।
सबैभन्दा बढी डेंगी सङ्क्रमितको संख्या सुनसरीमा १६ हजार १०६ जनामा पुष्टि भएको छ । यस्तै, तनहुँमा ६ हजार ६९९ पुगेको छ ।
त्यसपछि झापामा ३ हजार ६९० जनामा, धादिङमा ३ हजार २०० जनामा, कास्कीमा ६ हजार ६०४ जना, मोरङ २ हजार २९० जना, काठमाडौँमा १ हजार ४१ जना डेंगी सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




