भूकम्पका घाइतेहरुको उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

काठमाडौँ, १९ कात्तिक । सरकारले जाजरकोट भूकम्पका घाइतेहरुको उपचार नि:शुल्क गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निस्शुल्क उपचार गराउने निर्णय गरेको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
उनले भूकम्पपछि तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको बताए ।
उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाको कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाको काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

