जाजरकोट भूकम्प : मृतकको संख्या ९२ पुग्यो

80
Shares

काठमाडौं । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यरातमा गएको भूकम्प र त्यसपछिको परकम्पमा परी हालसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि थप अरु धक्का पनि गएको थियो।

भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन्। जाजरकोटमा मात्रै ५५ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। एक सयभन्दा बढी घाइते भएका छन्।

यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरेको छ। रुकुमा पनि ठूलो संख्यामा घाइते भएका छन्। मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको अनुमान गरिएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *