गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्पमा खटिएका असईको लेक लागेर मृत्यु

काठमाडौँ, १५ कात्तिक । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु भएको छ।
गुटेरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविरमा पुगेका टीकाराम ढुंगानाको मृत्यु भएको हो।
कात्तिक १४ मा गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए। हिमालय भन्ने ठाउँमा राति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरा ल्याइएको थियो।
तर पोखरा ल्याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ। पर्वत निवासी ढुंगाना कास्कीको घान्द्रुकमा कार्यरत दिए।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



