चौबिस घण्टामा थप ७४७ जनामा कोरोना संक्रमण, २३१९ जना संक्रमणमुक्त

काठमाडौँ, २ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २ हजार ३१९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ८ हजार ६९६ जनाको नमुना परीक्षण भएकोमा ८३६ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७३९ रहेको छ ।
त्यसैगरी आज कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




