यस्तो छ कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको ३६ बुँदे निर्देशन

काठमाडौँ, २ माघ ।  सरकारले नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदले ३६ बुँदे नयाँ आदेश जारी गर्ने निर्णय गरेको हो ।

कोभिड – १९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारले विभिन्न प्रतिबन्धका आदेशहरु जारी गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आदेश अनुसार सिनेमा हल, डान्सबार, दोहोरी नाचघर लगायतका ठाउँहरु माघ १५ सम्म बन्द हुने भएका छन्।

आइतबार सरकारको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाउने लगायतका निर्णय भएको जानकारी दिए।

हेर्नुहोस ३६ बुँदे निर्देशन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *