‘रेबिज ९९ प्रतिशत प्राणघातक हो भने १०० प्रतिशत रोकथामयोग्य रोग हो’

काठमाडौँ, १२ असोज । आज विश्व रेविज दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । यसपटक विश्व स्वास्थ्य संगठनले दिवसको नारा रेविज : तथ्य बुझौं, त्रसित नहोऔं भन्ने राखेको छ ।

किन यस्तो भनियो ? विश्व स्वास्थ्य संगठनले त्यसबारेमा आफ्नो धारणा यसरी सार्वजनिक गरेको छ :

विश्वव्यापी रुपमा देखा परेको कोभिड – १९ का बेला यसको फैलावट र खोपको बारेमा विभिन्न खालका शंका र गलत धारणाहरु देखा पर्‍यो। यसले धेरै देशहरुमा कोभिड -१९ बिरुद्धको खोप अभियानलाई प्रभाव पार्‍यो । मासिनहरु खोप लगाउन हिचकिचाहट मान्ने र डराउने पनि गर्न थाले ।

रेविजको सन्दर्भमा पनि यो कुनै नयाँ कुरा होइन । डर, गलत धारणा, र गलत जानकारीका कारण यसको रोकथामका लागि सयौं वर्ष पछाडी परेका छौँ ।

यसकारण यो बर्ष हाम्रो नारा रेविजको तथ्यमा केन्द्रीत गरिएको छ । जसले गलत सूचना र भ्रमहरुबाट मुक्त भएर रोगबारेका डरलाई हटाउने छ ।

तथ्य : खासमा तथ्यहरु भनेको रेविज रोगबारेमा जनचेतना फैलाउन, केश नियन्त्रण गर्न, जनावरहरुमा खोप लगाउन, रेबिजको सम्भावित खतराबारे मानिसहरुलाई सचेत गराउन तथा कसरी रोकथाम गर्न सकिन्छ भनेर जानकारी दिनका लागि आवश्यक छ ।

तथ्य विना निर्णयकर्ताहरुलाई यो रोग कति गभ्भीर प्रकृतिको हो भनेर भन्न समेत गाह्रो हुन्छ । हामीले यसको उन्मुलन गर्न सक्षम हुनेछैनौँ र रोगका बोझ अज्ञात रहनेछ । यसैको परिणामस्वरुप अहिले पनि बर्षेनी हजारौँ मानिस र जनावरहरु रेविजबाट मरिरहेका छन् ।त्यसैले जनचेतना बढाउन र शिक्षित गर्नका लागि तथ्यहरुको उपयोग गरौँ ।

रेविज ९९ प्रतिशत घातक हो भने १०० प्रतिशत रोकथामयोग्य रोग हो ।

डर : नारामा उल्लेखित डर शव्दको यसपटक तीन अर्थ लगाइएको छ ।

पहिलोे, रेबिजको कारणले हुने सामान्य डर । यसमा मानिसरुलाई बौलाहा कुकुर सहितका जनावरहरुको सामना गर्दा अनुभव गर्ने डर, अनि रेविज पिडीत समुदायहरुमा बस्ने डर ।

दोस्रो, रेविज भएपछि हुन सक्ने लक्षणको बारेमा डर ।

तेस्रो डर,  गलत समाचार वा रेविजका बारेमा भएका भ्रमबाट । जसले मानिसहरुलाई खोप लगाउन डर लाग्ने बनाउने, जनवरलाई खोप लगाउन समेत डर लाग्ने र मानिसहरुलाई प्रभावहिन उपचारमा विश्वास बढाउन सहयोग गर्ने ।

रेबिजको विषयमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा के भन्छ ?

  • रेविज रोग कुकुर तथा अन्य जंगली जनावरको टोकाईबाट मानिसमा सर्ने प्राणघातक रोग हो ।
  • कुकुरले टोकेको स्थानमा तुरुन्तै सावुनपानीले कम्तिमा १५ मिनेटसम्म राम्रोसंग धोऔं ।
  • कुकुरले टोकेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेविजबिरुद्धको खोप लगाऔं ।
  • आफ्ना घरपालुवा कुकुरलाई अनिवार्य रेविजबिरुद्धको खोप लगाऔं ।
  • रेविज रोग लागेपछि उपचार हुँदैन तर समयमा बिचार पुरयाउन सकेमा सजिलै बच्न सकिनछ ।
  • रेबिज रोग बिरुद्धको खोप नेपाल सरकारको प्राथमिक स्वास्थ्य केन्द्रसम्मका स्वास्थ्य संस्थामा निशुल्क उपलव्ध गराईएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *