नेपाललाई थप १० लाख डोज कोभिडबिरुद्धको खोप दिने चीनको घोषणा

292
Shares

काठमाडौँ, १२ जेठ । चीनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछिबुधबार नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेकी हुन् ।

यसअघि दिउसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसंग आफूहरुका लागि खोप अति नै आवश्यक रहेको भन्दै खरीदका लागि सहजिकरण गरिदिन आग्रह गरेकी थिइन ।

चिनियाँ राष्ट्रपति सी ले नेपालको आवश्यकताका बारेमा आफू गम्भीर भएको र आवश्यक सहयोग गर्ने बचन दिएका थिए । ४० मिनेटको कुराकानीमा उनीहरुबीच दुई देशका आपसी हितका बारेमा समेत कुराकानी भएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *