आकस्मिक स्वास्थ्य सेवा निशुल्क सम्वन्धी मस्यौदा तयार गर्न समिति गठन

0
Shares

काठमाडौँ, १७ असार । सरकारले आकस्मिक स्वास्थ्य सेवा कसरी निशुल्क गर्न सकिन्छ भन्ने विषयमा मस्यौदा तयार गर्न समिति गठन गरेको छ । गत शुक्रबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दैै समिति गठन गरेका हुन् ।

आकस्मिक स्वास्थ्य सेवा निशुल्क सम्वन्धी मस्यौदा तर्जुमा समिति नाम दिइएको उक्त समितिको संयोजक स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका प्रमुख डा तारानाथ पोखरेल तोकिएका छन् ।

सदस्यहरुमा रोशनी तुईतुई, डा आशिष श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, डा झलक गौतम स्वास्थ्य सेवा विभाग, डा सुशील बराल एनएचएसएसपी, डा अच्युतराज कार्की वीर अस्पताललाई मनोनयन गरिएको छ । समितिको सदस्य सचिवमा डा पोमावती थापा स्वास्थ्य सेवा विभागलाई तोकिएको छ ।

यो समितिले आकस्मिक सेवा कसरी निशुल्क गर्न सकिन्छ भन्ने विषयमा मस्यौदा तयार गरी असार मसान्त भित्र मन्त्रालयलाई पेश गर्न निर्देशन दिइएको छ ।

मन्त्री ढकालले सोही दिन एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था, एकीकृत छाता ऐन, स्वास्थ्य क्षेत्रको पुनर्संरचना सम्वन्धी मस्यौदा तयार गर्न समिति गठन गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *