‘स्वास्थ्य सेवा सहज बनाऊ’: स्वास्थ्यमन्त्री यादव

388
Shares

दमौली, १ साउन । उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवा सहज र सरल बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालको निरीक्षण गर्दै उनले बिरामीले सहज रुपमा सेवा पाउनुपर्ने तथा स्वास्थ्यकर्मी संवेदनशील भएर काम गर्नुपर्ने बताए ।

“देशमा अहिले विपद्को अवस्था छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ”, मन्त्री यादवले भने। विपद्को समयमा स्वास्थ्य संस्थाले औषधि पर्याप्त मात्रामा भण्डारण गर्नुपर्ने तथा स्वास्थ्यकर्मी जुनसुकै समयमा पनि उपलब्ध हुनुपर्नेमा उनले जोड दिए ।

मन्त्री यादवले नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क र प्रभावकारी रुपमा उपलब्ध गराउन स्थानीय तहका प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको योजना रहेको बताउए। बन्दीपुर अस्पतालको स्तरोन्नतिका साथै आवश्यक उपकरण उपलब्ध गराउन आफू सकारात्मक रहेको उनको भनाइ थियो ।

मन्त्री यादवलाई गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा र अस्पताल प्रमुख डा डिबी क्षेत्रीले अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *