सूर्ति उद्योगको बढ्दो हस्तक्षेप रोक्नका लागि सार्क सीसीटी स्थापना

196
Shares

कोलम्बो, ३१ असार । सूर्ति उद्योगको बढ्दो हस्तक्षेपलाई निस्तेज पार्ने योजना बनाउन दक्षिण एसियाली राष्ट्रका सूर्ति नियन्त्रण अभियन्ताहरु श्रीलंकाको राजधानी कोलम्बोमा भेला भएका छन् । उनीहरुले सूर्ति उद्योगीहरुको योजनावद्ध हस्तक्षेपलाई संगठित रुपमा निस्तेज पार्न क्षेत्रीयस्तरको संगठन निर्माण गरेका छन् ।

साउथ एसिया रिजनल कन्सटुर्म सेन्टर फर कम्ब्याटिङ टोबाको (सार्क सीसीटी) नाम दिइएको उक्त संगठनमा श्रीलंका सहित नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, भुटान र मालदिव्स सदस्य छन् ।

सोमबार आयोजित विशेष समारोहमा युनिभर्सिटी अफ कोलम्बोका उपकुलपति प्राध्यापक चन्द्रिका विजय रत्नेले सार्क सीसीटीको औपचारिक शुभारम्भ गरिन । सो अवसरमा बोल्दै उपकुलपति प्रा विजयरत्नेले सूर्ति उद्योगीहरु नयाँ नयाँ रणनीतिका साथ आफ्नो बजार विस्तार गर्ने अभियानमा लागेको र त्यसको असर आम जनतालाई परिरहेको भन्दै त्यसको रणनीतिलाई निस्तेज गर्न सार्क सिसिट सफल हुने विश्वास गरिन । उनले बढ्दो क्रममा रहेको नसर्ने रोग नियन्त्रण गर्न सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नु अपरिहार्य रहेको बताइन ।

सेन्टर फर कम्व्याटिङ टोबाको को आयोजनामा भएको उक्त कार्यक्रम नेशलन अथुरिटी अन टोवाको अन अल्कोहल श्रीलंकाका अध्यक्ष डा पलिथा अव्यकुन, सीटीसी निर्देशक डा महेश राजसूर्या, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा राजि पन्डेसी, द युनियन कि इमा ग्रीन लगायतले सार्क सीसीटीको आवश्यकता बारे चर्चा गरेका थिए ।
तीन दिनसम्म चल्ने सो कार्यक्रममा संगठनको भावि रणनीतिबारेमा छलफल हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *