औषधि आयातकर्ता संघद्धारा विभागको नयाँ नेतृत्वलाई बधाई

3.2k
Shares

काठमाडौँ, १८ असार । नेपाल औषधि आयातकर्ता संघले समायोजन पछि औषधि व्यवस्था विभागको नेतृत्व सम्हाल्न पुगेका बरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीलाई बधाई दिएको छ । संघका अध्यक्ष अञ्जन पुडाशैनी, महासचिव पवन आचार्यसहितको टोलीले आजै विभागमा पुगेर बधाई दिएको हो ।

संघले सुलभदरमा गुणस्तरीय औषधिको पहुँच आम सर्वसाधारणसम्म पु¥याउने योजनाका साथ आफूहरु लागि परेको र त्यसका लागि विभागको साथ सहयोगको जरुरी रहेको बताउदै आएको छ ।

संघका महासचिव पवन आचार्यले भने, ‘विगतमा जे जस्तो भएपनि अहिले विभागले नयाँ नेतृत्व पाएको छ । यसमा हामी खुशी छौँ । र सहकार्य गर्न चाहन्छौँ । त्यसैले सफल कार्यकालको लागि बधाइ दिन पुगेका हौँ ।’

निमित्त महानिर्देशक क्षेत्रीले सरकारको नीति अनुरुप आफू चल्ने र गुणस्तरीय औषधिको उपलव्धताका लागि आवश्यक कार्य गर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *