स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागका नयाँ महानिर्देशकले गरे वहाली

1.4k
Shares

काठमाडौँ, १८ असार । समायोजन पछि जिम्मेवारी पाएका स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागका नयाँ महानिर्देशकले पद वहाली गरेका छन् ।

समायोजन पछिको पदस्थापनमा स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारी बाह्रौँ तहका डा. सुशील प्याकुरेललाई र औषधि व्यवस्था विभागमा दशौँ तहका बरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

स्वास्थ्य सेवा विभागले आज हाजिर हुन पुगेका महानिर्देशक डा प्याकुरेललाई औपचारिक कार्यक्रम गरेरै स्वागत गरयो । तर औषधि व्यवस्था विभागमा भने पदवहालीको कुनै औपचारिक कार्यक्रम गरिएन ।

तत्कालिन महानिर्देशक ढकाललाई एघारौं तहको दरबन्दी रहेको राष्ट्रिय औषधि प्रयोगशालामा निर्देशक बनाएर पठाएपछि रिक्त भएको औषधि व्यवस्था विभागमा १० औँ तहका क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो ।

पदवहालीको अवसरमा स्वास्थ्य सेवा विभागका महादिर्नेशक डा प्याकुरेलले आफूसंग धेरै समय नभएपनि जति छ त्यसमा डटेर काम गर्ने बताए । उनी आगामी २२ भदौमा सरकारी सेवाबाट अनिवार्य अवकाश लिदैछन् ।

यता क्षेत्रीले भने कुनै औपचारिक कार्यक्रम गरेनन् । ‘अहिले निमित्तको जिम्मेवारी पाइएको छ । यसअघिका डीजी सावले हिजो देखि नै यहाँको काम छाड्नु भयो । त्यसैले आजबाट काम सम्हालेको छु,’ उनले भने ।

समायोजन पछिको पदस्थापनमा दुईवटा विभागका महानिर्देशक आउट भएपनि आयुर्वेद तथा बैकल्पिक चिकत्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्याय भने यथास्थनमा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *