उपत्यकामा सुई आतंक मच्चाउने व्यक्ति पक्राउ
काठमाडौँ, १३ असार । उपत्यकामा सुई आतंक मच्चाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले विहीबार राती १० बजे महाराजगञ्जबाट आसपासबाट सो व्यक्तिलाई पक्राउ गरेको हो ।
रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ।
उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन्। यस बारेमा प्रहरीले दिउसो पत्रकार सम्मेलन थप जानकारी दिने बताएको छ ।
युवतीहरुमाथि सुई आक्रमणको घटना एक पछि अर्को गर्दै थपिन थालेपछि काठमाडौँ उपत्यकाको बातावरण ज्यादै त्रसित बनेको थियो ।
आक्रमणमा परेका भनिएका ५ जना युवतीहरु अहिले शुक्रराज टपीकल तथा सरुवारोग अस्पतालमा उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]