ॐ अस्पतालमा सघन उपचार नर्सहरूका लागि प्रशिक्षण शुरु

396
Shares

काठमाडौँ, १२ असार । चावहिल स्थित ॐ अस्पतालमा बुधबार देखि सघन उपचार नर्सहरूका लागि प्रशिक्षण शुरु भएको छ । नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनसँगको सहकार्यमा संचालित तालिममा २१ जना नर्सहरुको सहभागिता रहेको छ ।

चरणवद्ध रुपमा संचालन हुने तिन महिना लामो यस प्रशिक्षणबाट सघन उपचार नर्सका रुपमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

क्रिटिकल केयर डेभलोपमेन्ट फाउण्डेशनका अध्यक्ष प्रा डा सुवास प्रसाद आचार्यले यस तालिममा सहभागि सबैलाई दक्ष बनाएर पठाउने जिम्मेवारी आफुहरुको रहेको तर मेहनत र लगन भने सहभागिले गर्नुपर्नेमा जोड दिएका छन्। उनले छिटै ॐ अस्पतालमा सघन उपचारको फेलोसिप सुरु गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भईसकेको जिकीर गरे ।

सघन उपचार कक्ष अर्थात आईसियूका लेभल १, लेभल २ र लेभल ३ मध्ये लेभल ३ मा सबैभन्दा जोखिममा रहेका बिरामीहरुको उपचार गरिन्छ । डा आचार्यले आईसियुमा एकजना बिरामीलाई एकजना नर्सको आवश्यकता हुन्छ, सो आवश्यकता पुरागर्न यस किसिमका तालिमहरु महत्वपूर्ण हुनेमा जोड दिए ।

क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालकी अध्यक्ष लक्ष्मी केसीले यो छैटौ कार्यक्रम सम्म आइपुग्दा नर्सहरुले झेल्ने बिबिध समस्यालाई कम गर्न र सिप र दक्षता अभिबृद्धि गर्ने बिश्वास ब्यक्त गरिन । यस किसिमका अन्य इन्फेक्सन कन्ट्रोल नर्सिङ लगायतका कार्यक्रमहरु समेत आगामी दिनमा संचालन गर्न सहकार्य गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गरिन ।

ॐ अस्पतालका आइसियु बिभाग प्रमुख डा प्रमेश सुन्दर श्रेष्ठले सहभागिहरुलाई बिश्वस्तरिय सघन उपचारका नयाँ नयाँ आयामहरु र सिपहरुबारे जान्ने र सिक्ने अवसर दिने भएकाले यसलाई सदुपयोग गर्न आग्रह गरे ।

क्रिटिकल केयर नर्सेस एसोसिएसनकी महासचिव कबिता सिटौलाले एसोसिएसनको बारेमा जानकारी गराउँदै हालसम्म भएका उपलब्धिहरुबारे जानकारी गराएकी थिइन ।

कार्यक्रममा ॐ अस्पतालका प्रवन्ध संचालक बाबुकाजी कार्कीले यस कार्यक्रमलाई साकार बनाउनकालागि लाग्नुभएका सम्पूर्ण सहकर्मीहरुलाई धन्यवाद दिए । उनले नर्सिङ स्टाफहरुको तालिम र सिप बिकासकालागि यस किसिमको पहल महत्वपूर्ण रहेको र आगामी दिनमापनि यस किसिमको सहकार्य ॐ अस्पतालसँग निरन्तर रहोस भन्ने अपेक्षा राखेको बताए ।

दुइ बर्ष अघि त्रिभुवन विश्वविद्यालयल शिक्षण अस्पतालसँगको सहकार्यमा रोयल कलेज अफ क्यानडाबाट आएको टोलीले पहिलो ब्याचमा १० जना नर्सलाई नर्स एजुकेटर तालिम दिएपछि नेपालमा यस किसिमको तालिम शुरु भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *