बीपीको पीजी सिट प्रकरण : काउन्सिलले लेख्यो आयोगलाई चिठी
काठमाडौँ, १२ असार । नेपाल मेडिकल काउन्सिलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पोष्टग्राजुएट्स (पीजी) तहको सिट विवादको विषयमा चिकित्सा शिक्षा आयोगलाई जानकारी गराएको छ । काउन्सिले बुधबार आयोगलाई पत्र लेख्दै सो जानकारी गराएको हो ।
यसअघि प्रतिष्ठानले विभिन्न ६ वटा विषयमा ऐन विपरित हुने गरी स्वदेशी विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीलाई सिट बढी छुट्याए पछि विवादमा परेको थियो ।
गत ७ असारमा प्रतिष्ठानले प्रकाशित गरेको सूचनामा इन्टरनल मेडिसिन र पेडियाट्रिक्समा ५ मध्ये ३ सिट विदेशीका लागि छुट्याएको छ । एनेस्थेसियोलोजी तथा क्रिटिकल कियर मेडिसिनमा पनि एक तिहाई भन्दा बढी अर्थात ११ मध्ये ४ सिट विदेशीलाई छुट्याएको छ । यता सर्जरीमा त झन् ६ मध्ये ४ सिट विदेशीका लागि छुट्याएको छ । यस्तै हेड एण्ड निक सर्जरीमा पनि ४ मध्ये २ सिट विदेशीका लागि छुट्याएको छ । जो ऐन विपरित हो ।
ऐन अनुसार विदेशी विद्यार्थीका लागि एक तिहाई कोटा मात्रै निर्धारण गर्नुपर्ने हुन्छ । ऐन विपरित विदेशी विद्यार्थीका लागि कोटा छुट्याएको भन्दै विरोध भएपछि प्रतिष्ठानका पदाधिकारीहरुले कुल कोटाको एक तिहाई सिट ननाघेको भन्दै आफ्नो बचाउँ गरेका छन् ।
तर काउन्सिलले पत्रमा ‘चिकित्साशास्त्रको स्नातकोत्तर विषय मध्येका कुनैपनि विद्या आफैमा पूर्ण र विशिष्ट रहेको हुँदा एक अर्काको परिपुरकको रुपमा व्यवहार गर्न नमिल्ने भनिएको छ ।’
यस्तो छ पत्र
सम्पर्क इमेल : [email protected]