नाइट ड्युटीका लागि प्रतिष्ठान जाँदै गरेकी नर्सको सवारी दुर्घटनामा मृत्यु

18.0k
Shares

धरान २१ जेठ । गएराती भएको दुर्घटनामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक जना नर्स मृत्यु भएको छ ।
धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भएकी २५ बर्षीया नर्स कविता तुम्बाको मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार सोमबार बेलुका इटहरी १ स्थित तरहरास्थित आँपगाँछिबाट नाइट ड्युटि गर्न उनी आफैले स्कुटी हाँकेर धरानस्थित प्रतिष्ठान तर्फ जाँदै थिइन । सोही क्रममा कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक रोकिराखेको ना ६ ख ४३४५ नं को ट्रकसंग उनी सवार को २६ प ८५१ नं.नम्बरको स्कुटी ठोक्किन पुगेको थियो ।

दुर्घटनापछि गम्भीर घाइते उनको आफै कार्यरत प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो ।

उनी प्रतिष्ठानको गाइनो विभागको इमरजेन्सीमा कार्यरत थिइन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *