प्रत्यारोपण केन्द्रका नर्ससंग १० बुँदे सहमति, आन्दोलन स्थगित (यस्ता छन् सम्झौँताका बुँदा)

1.9k
Shares

काठमाडौँ, ५ जेठ । दश बुँदे सहमति भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुले आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् । सहमति संगै नर्स डिक्की शेर्पाको दश दिन लामो अनशन समेत तोडिएको छ ।

उनलाई नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेल, नेपाल शेर्पा महिला संघकी अध्यक्ष मिङमी शेर्पा, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारीक दिलीप लामिछानेले जुस खुवाएका थिए ।

सहमतिका लागि प्रत्यारोपण केन्द्रमा दिउसो ३ बजे देखि झण्डै चार घण्टा बार्ता चलेको थियो । त्यसको संयोजन भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले गरेका थिए । उनीसंगै नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक पोखरेल, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा , अगुवा आङकाजी शेर्पा लगायतका पदाधिकारीहरु सहभागी थिए ।

‘सहमति दश बुँदामा भएको छ तर मुख्य बुँदा भनेको लोकसेवाको परीक्षा पछि केन्द्रमा कार्यरत नर्सहरुको सेवामा निरन्तरता पाउने कि नपाउने भन्ने विषय थियो । त्यसमा केन्द्र प्रशासनले कार्यरत नर्सका लागि सेवा निरन्तरता दिने गरी सहमति गरेको छ । अब लोक सेवाको परीक्षामा असफल भएपनि कार्यरत नर्सहरुलाई विस्तारित सेवामा खटाइनेछ र रोजगारीमा निरन्तरता पाउनेछन्,’ नर्सिङ संघका अध्यक्ष प्रा पोखरेलले भनिन् ।

केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले सहमतिका बुँदाहरु इमान्दारिताका साथ कार्यान्वयन हुने भन्दै अब सबै पक्ष मिलेर विरामीको सेवामा खटिने प्रतिक्रिया दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

2 thoughts on “प्रत्यारोपण केन्द्रका नर्ससंग १० बुँदे सहमति, आन्दोलन स्थगित (यस्ता छन् सम्झौँताका बुँदा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *