गाउँमै स्वास्थ्य सेवा पुगेपछि स्थानीयवासी खुशी

72
Shares


मुग्लिन, ४ जेठ । गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि चितवनको इच्छाकामना–३ दारेचोकका बासिन्दामा खुशी छाएको छ । शुक्रबार सामुदायिक स्वास्थ्य एकाइले मूर्तरूप लिएकाले उनीहरु खुशी भएका हुन् ।

सो गाउँपालिका–३ का रामबहादुर गुरुङले पहिलोपटक गाउँमै स्वास्थ्य सेवा पाउँदा खुशीको सीमा नरहेको बताउए । उनले भने, “सामान्य चोटपटक लाग्दा र टाउको दुख्दासमेत तीन घण्टा हिँडेर कुरिनटार वा मुग्लिन जानुपर्ने बाध्यता थियो, अहिले गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि खुशीको सीमा नै छैन ।”

वडा नं ३ कै चौताराका तीर्थकुमारी गुरुङले उनले गाउँमै स्वास्थ्य सेवा शुरु गरेकोमा जनप्रतिनिधिलाई धन्यावाद दिए । गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले स्वास्थ्य सेवा नपुगेका सबै दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिने कार्यक्रमअन्तर्गत यस वडामा सो एकाइ स्थापना गरिएको र अन्य वडामा पनि चाँडै स्थापना गरिने बताइन् । स्वास्थ्य सेवा सञ्चालनका लागि माझगाउँ माध्यमिक विद्यालयले भवन उपलब्ध गराएको छ । चितवनको एक मात्र यस गाउँपालिकाका बासिन्दा भौगोलिक विकटता र गाउँमै स्वास्थ्य संस्था नहुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका थिए । वडा–वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना हुन थालेपछि केहीले राहत महसुस गर्न थालेका छन् । पच्चिस हजार जनसङ्ख्या रहेको यस गाउँपालिकामा सीमान्तकृत चेपाङ र जनजातिको बाहुल्यता छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *