प्रदेश नं ५ को हिमाली जिल्लामा पहिलो पटक आँखा अस्पताल

180
Shares

 

रुकुमपूर्व, २९ वैशाख । जिल्लामै पहिलो पटक आँखा अस्पताल (उपचार केन्द्र) स्थापना भएको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महँगोमा जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा अस्पताल (उपचार केन्द्र) स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन् ।

योभन्दा पहिले यहाँका स्थानीयवासी आँखाको उपचारका लागि रुकुम (पश्चिम)को खलङ्गा, दाङ, नेपालगञ्ज तथा काठमाडौँ जानुपर्ने बाध्यतामा रहेका थिए । यसका साथै कहिलेकाहीँ गाउँमा हुने आँखा शिविरबाट पनि स्थानीयवासीले सेवा पाउने गरे पनि उपचार केन्द्र नहुँदा समस्या थियो । जिल्लाको सिस्ने गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना भएको हो ।

अब यहाँ सामान्य शल्यक्रिया र विभिन्न आँखाको समस्याको उपचार गरिनाका साथै बिरामीलाई आवश्यक पर्ने चस्मा पनि निर्माण गरिने उपचार केन्द्रका प्रमुख विष्णु खनालले जानकारी दिए ।   रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *