दुई ठाँउमा अनशन थाल्दै आन्दोलनरत नर्स

1.1k
Shares

काठमाडौँ, २७ बैशाख । पाँच बुँदे माग अघि सार्दै आन्दोलन गरिरहेका शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुले अब अनशन बसेर दवाव बढाउन शुरु गरेका छन् ।

उनीहरुले आजैबाट प्रत्यारोपण केन्द्र र नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालय लाजिम्पाट परिसरमा अनशन थाल्दैछन् ।

लाजिम्पाट स्थित कार्यालयमा प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलनमा अगुवाई गर्दै आइरहेकी पोखराकी नर्स जीता बराल अनशन बस्दैछिन् । प्रत्यारोपण केन्द्रमा भने त्यहि कार्यरत डिक्की शेर्पा बस्ने भएकी छन् ।

सेवा सुविधा सम्बन्धि माग अघि सार्दैै आन्दोलन गरिरहेका नर्सहरु पछिल्लो समय लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन खोलेपछि थप आक्रोशित भएका छन् ।

उनीहरुले आफूहरु लामो समय देखि कार्यरत भएको भन्दै स्वत स्थायी वा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने भन्दै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *