चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘इसेन्सीयल बर्न केयर’ तालिम

856
Shares

काठमाडौँ, १६ चैत । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा एक दिने इसेन्सीयल बर्न केयर (इबीसी) तालिम सञ्चालन भएको छ । नेपाल बर्न सोसाइटी र इन्टर बर्नस्को संयुक्त आयोजनामा भएको तालिममा जनरल सर्जन, प्लास्टिक सर्जन, स्टाफ नर्स, फिजियोथेरापिष्ट, हेल्थ असिस्टेन्ट गरी २८ जनाको सहभागिता रहेको छ ।

तालिममा आगोले पोलेर हुनसक्ने मानवीय क्षतिको रोकथाम, उपचारमा आएका नयाँ नयाँ पद्धती, अप्रेशन पश्चातको फलोअप, फिजियो थेरापी लगायतका विषय केन्द्रीत छ ।

‘यो तालिमको मुख्य उदेश्य आगोेले पोलेकाहरुको उपचारमा कसरी प्रभावकारी बनाउने भन्ने नै हो । त्यसका लागि मुख्य सरोकारवाला टिमसंग बसेर आइडिया आदानप्रदान गरिएको हो,’ इवीसीका पाठ्यक्रम निर्देशक एवं बर्न सोसाइटीका महासचिव डा आरपी चौधरीले भने ।

तालिममा वर्न केशसंग सम्वन्धित प्रस्तुतिकरण, समुह छलफल गरिएको थियो ।

नेपालमा बार्षिक एक लाख जति मानिस आगोले पोलिएर उपचारका लागि अस्पतालसम्म आउने सोसाइटीको अनुमान छ । सानो उमेरका व्यक्तिहरु तातोपानी तथा तातो दुधले पोलिएर आउने, र ठूलो उमेरका व्यक्तिहरु आगोमै पोलिएर आउने गरेको महासचिव डा. चौधरीले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *