पक्राउ परेका औषधी उद्योगी रिहा , विरोधका कार्यक्रम स्थगित
काठमाडौँ – अनुगमनका क्रममा शुक्रबार पक्राउ परेका लोमस फर्मास्यूटिकल्स र देउराली जनता फर्मास्यूटिकल्सका दुई दुई जना सञ्चालक रिहा भएका छन् । महानगरीय प्रहरीले शनिबार राती उनीहरुलाई रिहा गरेको हो ।
शनिबारसम्म रिहा नगरे आइतबारबाट औषधी उत्पादन बन्द गरि देशव्यापी हडतालमा उत्रने उद्योगीको चेतावनी दिएपछि प्रहरीले शनिबार राती नै रिहा गरेको हो । रिहा भएसंगै उद्योगीहरुले पूर्वघोषित कार्यक्रम फिर्ता लिएका छन् ।
प्रहरीले तोकिएको मूल्य भन्दा बढीमा औषधी विक्री गरेको भन्दै शुक्रबार लोमसका प्रज्वलजंग पाण्डे र प्रबलजंग पाण्डे तथा देउराली जनताका निगमराज अधिकारी र महाप्रबन्धक निलराज आचार्यलाई पक्राउ गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



