अङ्ग दानको अभियानमा सबैको सहभागिता आवश्यक : उपप्रधानमन्त्री यादव

304
Shares

चितवन, १८ फागुन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दानको अभियानमा सहयोग पु¥याउन सबैलाई आह्वान गरेका छन् ।

नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको मरणोपरान्त अङ्ग दानको सामाजिक अभियानको शुभारम्भ गर्दै अङ्ग दान महादान रहेको उल्लेख गरे ।

अङ्ग दान सबैलाई गर्न आग्रह गर्दै उनले यस अभियानले धेरैको ज्यान बचाउन सकिने बताए । उनले भने, “यस महान् कार्यमा हामी सबै लागौँ अभियानकै रुपमा लागौँ ।” नेपालमा उत्पादन हुने औषधिमा गुणस्तरीयता सुनिश्चितता गर्न आग्रह गर्दै मन्त्री यादवले यहाँ उत्पादन हुने औषधि निर्यात नहुने गरी नीति बन्न लागेको बताए । उनले जति औषधि नेपालमा बन्दैन ती मात्र आयात गर्ने गरी नीति बन्ने स्पष्ट पारे ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासङ्घको संञ्जालमार्फत अङ्ग दानका विषयमा देशव्यापीरुपमा जनचेतना फैलाउन सहयोग गर्ने बताए । उनले नेपालको औषधि लेख्न चिकित्सकलाई आग्रह गर्दै उपचार पनि नेपालमा नै गर्न सबैलाई अनुरोध गरे । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले गत वर्ष पाँच हजार मानिसको सडक दुर्घटनामा निधन भएको भन्दै ती सबैको अङ्ग प्रत्यारोपण गर्नसकेमा मात्र पनि अङ्ग सञ्चालन नभएका कारण अकालमा ज्यान जानबाट धेरैलाई जोगाउन सकिने बताए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मन, बचन र कर्मले अङ्ग दानमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक जना मस्तिक मृत्यु भएका व्यक्तिले आठ जना बचाउन सक्ने बताए । उनले मुटु, कलेजो, आमाशय, सानो आन्द्रा, फोक्सो र मिर्गौला दान गरेर अरुको जीवन बचाउन सकिने बताउनुभयो । प्रत्यारोपण केन्द्रले छ वर्षमा ५८० जनाको अङ्ग प्रत्यारोपण गरेको बताउँदै उनले वर्षेनि करोडौँ रुपैयाँ अङ्ग प्रत्यारोपणका लागि विदेशिएको उल्लेख गरे ।

सो अवसरमा औषधि उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहाल र महासचिव प्रज्वलजङ्ग पाण्डेले सामाजिक उत्तरदायित्व बहन गर्दै सङ्घले सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ का अवसरमा अङ्ग दान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनीहरुले विश्वमा प्रतिष्पर्धा हुने गरी गुणस्तरीय औषधि उत्पादन गर्न नेपालीसक्षम रहेको दावी गरे । एक्स्पो शुक्रबारबाट शुरु भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *