वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

764
Shares

काठमाडौँ, १० फागुन । वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । उनीहरु अहिले बन्दै गरेको वीर अस्पतालको निर्माणाधिन भवनमा कार्यरत थिए । बिहीबार बेलुका करीब साढे ७ बजे तिर लिफ्ट चुडिदा तिनैजना मजदुर गम्भीर घाइते भएका थिए ।

राष्ट्रिय ट्रमा सेन्टरका निमित्त निर्देशक डा विनोदमान शेरचनका अनुसार टाउकोमा गम्भीर चोट तथा अन्य मल्टिफल फ्याक्चर भई घाइते भएका तीन जनामध्ये एक जनाको ट्रमा सेन्टर लैजाँदा लैजाँदै बाटोमा, अर्को एक जनाको ट्रमा सेन्टरको आकस्मिक कक्षमा पुरयाई उपचार शुरु गर्न लाग्दा ज्यान गएको हो । उनले अर्को एक जनाको पनि गम्भीर अवस्थामा उपचार भईरहेको बताए ।

लिफ्ट के कारणले चुडिँयो भन्नेबारे अस्पताल प्रशासन र प्रहरीले छानवीन गरिरहेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *