चिकित्सा शिक्षा विधेयक पास भएपछि सांसदको सामुहिक सेल्फी

512
Shares

काठमाडौँ, ११ माघ ।  चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएपछि सत्ता निकट सांसदहरुले खुशी मनाएका छन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बीचमा राखेर संसदको शिक्षा र स्वास्थ्य समितिमा रहेका उनीहरुले सेल्फी खिचेर खुशियाली मनाएका हुन् ।

सांसद जीवनराम श्रेष्ठले खिचेको सेल्फीमा मन्त्री पोखरेलसंगै संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, समिति सदस्य एवं सांसद योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, श्रेष्ठ, अञ्जना विसंखे, यशोदा सुवेदी, सुरेशकुमार राई लगायत समेटिएका छन् ।

विधेयक पास हुन नदिन प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसको भरमक्दुर प्रयासका बाबजुत आज विधेयक बहुमतले पारित भएको थियो ।

सत्ता निकट सांसदहरुले आज जसरी पनि विधेयक पास हुने बताउँदै आएका थिए । विपक्षी सांसदहरुले जसरी पनि सो योजना असफल बनाउने दाउमा थिए ।

अन्योलका बीच विधेयक पास भएपछि विधेयकको पक्षमा रहेका सांसदहरुले खुशी मनाएका हुन् । सेल्फीमा उल्लासमय मुद्रामा उभिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *