बाजुरा : चिसो बढेसँगै बिरामीको सङ्ख्यामा वृद्धि

बाजुरा, २६ मंसिर । चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । पहिले दैनिक १० देखि २० जना विरामी आउने उक्त अस्पतालमा अहिले दैनिक ५० देखि ६० जना बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत रामचन्द्र यादवले जानकारी दिए ।
जाडो बढेसँगै जिल्लाका विभिन्न ठाउँबाट दम, खुट्टा सुन्निने, पेट सुन्निने, निमोनियालगायत रोगका बिरामी उपचारका लागि आउने गरेका छन् ।
चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । मङ्सिर दोस्रो सातापछि बाजुरामा चिसो निकै बढेको छ ।
जिल्ला अस्पतालका चिकित्सक डा टीकाराम राईले जाडोको समयमा बालबालिका र वृद्धवृद्धाको विषेश हेरचाह गर्न सुझाव दिए।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



