चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ५५ प्रतिशत फेल

8.7k
Shares

काठमाडौँ, २२ मंसिर । एमबीबीएस तथा वीडीएस उत्तीर्ण गरेका आधा भन्दा बढी विद्यार्थी नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा फेल भएका छन् ।

काउन्सिलका अनुसार आजको परीक्षामा एमबीबीएस तर्फ १ हजार ३११ जना सहभागी भएकामा ५९८ जना (४५.६१ प्रतिशत) र बीडीएस तर्फ १८६ जना सहभागी भएकामा ६९ जना (३७.१० प्रतिशत) गरी औषतमा ४४.५६ प्रतिशत परीक्षार्थी पास भएका हुन् ।

आजको परीक्षामा एमबीबीएस तर्फका ५ जना विद्यार्थी अनुपस्थित भएको काउन्सिल रजिष्टार डा. दिलिप शर्माले बताए ।

परीक्षा सानोभरयाङ स्थित नेपाली सेनाको अध्ययन संस्थानमा भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *