सातै प्रदेशमा शाखा बिस्तार गर्न विश्व स्वास्थ्य संगठनले राख्यो प्रस्ताव

516
Shares

काठमाडौँ, ७ बैशाख । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले सातवटै प्रदेशमा आफ्नो कार्यालय बिस्तार गर्ने योजना अघि सारेको छ ।

संघीय संरचना अनुसार स्थानीय तहमै गएर सेवालाई प्रभावकारी बनाउन सहयोग गर्न भन्दै ‘डव्लुएचओ’ले सातवटै प्रदेशमा शाखा कार्यालय स्थापना गर्ने योजना अघि सारेको हो । त्यसका लागि उसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग स्वीकृतिका प्रस्ताव पेश गरेको छ ।

‘सातवटै प्रदेशमा एउटा एउटा अधिकृत सहितको शाखा राख्न भन्दै स्वीकृतिका लागि प्रस्ताव आएको छ । हामीले आवश्यक निर्णय गर्नेछौँ,’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।

डव्लुएचओले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी नेपालको स्वास्थ्य सेवामा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *