दोलखा झडपमा घाइते भएका १२ जनालाई त्रिवि शिक्षण अस्पतालमा ल्याइयो (सूची सहित)

काठमाडौँ, ३१ बैशाख । आज भएको निर्वाचनमा दोलखाको मेलुङ गाँउ पालिकास्थित पोवटी बुथमा भएको झडपको क्रममा घाइते भएका १२ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।
अस्पताल स्रोतका अनुसार विहान र दिउसो गरि ल्याइएका १२ मध्ये ३ जनाको अवस्था गम्भीर छ । दुई जना सामान्य उपचार पछि डिस्चार्ज भईसकेका छन् । बाँकीको आकस्मिक कक्षमै उपचार भएको छ ।

आज दिउसो बुथ कव्जा गर्ने क्रममा भएको झडपमा प्रहरीको गोली लागि एक जनाको ज्यान गएको थियो । सोही क्रममा घाईते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



