डब्लुएचओ क्षेत्रीय निर्देशक पदमा डा. संगिता मिश्रालाई उम्मेदवार बनाउने सरकारको निर्णय

0
Shares

काठमाडौँ, ९ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको रिक्त रहेको निर्देशक पदमा नेपालले डा. संगिता मिश्रालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई डव्लुएचओको क्षेत्रीय निर्देशक पदमा नेपालका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा मिश्रालाई गत महिना प्रधानमन्त्री कार्यालयमा तानिएको थियो ।
डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक रहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना पुत्री साइमा वाजेदले गत २४ भदौमा राजिनामा दिएपछि उक्त पद खाली थियो ।

उक्त खाली पदका लागि यसपटक भुटान, श्रीलंका, मालदिभ्स, थाइल्याण्ड लगायतका देशहरुले पनि आफ्ना उम्मेदवार उठाउने घोषणा गरेका खवरहरु सार्वजनिक भएका छन् ।

अघिल्लो पटक वाजेदसंग प्रतिस्पर्धामा नेपालका डा. शम्भु आचार्य उम्मेदवार बनेका थिए । तर त्यसबेला आचार्यले कुल १० भोटमध्ये दुई मात्र प्राप्त गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *