राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम १७ र १८ कात्तिकमा सञ्चालन हुँदै

काठमाडौँ, ८ कात्तिक । नियमित तालिकामा दशैँ विदा परेपछि राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमका लागि सरकारले नयाँ मिति तय गरेको छ । नयाँ मिति अन्तर्गत पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दसैं बिदाका कारण पूर्वनिर्धारित मितिमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरणका लागि नयाँ मिति तय गरिएको हो।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ।
स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन अभिभावकलाई महाशाखाले आग्रह गरेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




