सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

0
Shares

सुनसरी २ कात्तिक ।  सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। त्यस्तै, भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा दुहबी–६ स्थित बूढी खोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला पारेको हो।

प्रहरीका अनुसार ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा गाँजा भेटिएको हो। एम्बुलेन्सका चालक र गाँजा तस्करीमा संलग्न व्यक्ति भने फरार छन्।

उक्त एम्बुलेन्स कुन संस्थाबाट सञ्चालित थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार एम्बुलेन्समा नक्कली नम्बर प्लेट प्रयोग गरिएको वा सामान्य सवारीसाधनलाई एम्बुलेन्सको स्वरूप दिएर प्रहरीलाई झुक्याउने प्रयास गरिएको हुन सक्ने आशंका छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *