नुवाकोटको शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाले लिए सेवा

4
Share

नुवाकोट ३१ असोज ।  शिवपुरी गाउँपालिका ६ समुद्रदेवीमा गत बुधबार आयोजित निशुल्क दन्त शिविरमा ६६ जनाले दाँतको परीक्षण तथा उपचार गराएका छन् ।

बीएम फाउन्डेसनको आयोजनामा तथा रोटरी क्लब अफ न्यातपोल, रोटरी क्लब अफ ग्रिनल्यान्ड काठमाडौं, रोटरी क्लब अफ बूढानीलकण्ठ र रोटरी क्लब अफ काठमाडौं नर्थको सहआयोजना राखिएको निशुल्क शिविरमा कान्तिपुर डेन्टल कलेजको प्राविधिक सहयोग रहेको थियो।

उक्त शिविरमा दाँत परीक्षणसंगै दाँत निकाल्ने, भर्ने तथा सफा गर्नेलगायतका सेवा प्रदान गरिएको थियो।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीका सदस्य तथा बीएम फाउन्डेसनका संस्थापक बुद्धिमान श्रेष्ठले कार्यक्रमको समन्वय गरेका थिए।

शिविरमा दुई जना दन्त विशेषज्ञ, छ जना चिकित्सक, एक जना डेन्टल हाइजिनिस्ट, एक जना स्वास्थ्य सेवा व्यवस्थापक र एक जना चालकसहितको टोली परिचालन गरिएको थियो।

शिविरमा १५ जनाको दाँत निकालिएको, १८ जनाको दाँत भरिएको र ११ जनाको दाँत सफा गरिएको र १८ जनालाई औषधि प्रेस्क्राईब गरि अस्पतालमा रेफर गरिएको आयोजकले जनाएका छन्। त्यस्तै, ६६ जनाको दन्त परीक्षण गर्दा १०० प्रतिशत सेवाग्रहीमा दांत किराले खाएको भेटिएकोले सबैलाई मुख तथा दाँतको स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरिएको थियो।

ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र स्थानीय बासिन्दालाई मुख तथा दाँतको सरसफाइप्रति सचेत बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको श्रेष्ठले बताए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *